सोसल मिडिया
युनिकोड
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शुरु भएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बैठक शुरु भएको हो।
गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताबारे निर्णय, पार्टीले चलाइइरहेको अभियानको समीक्षा र समसामयिक राजनीतिबारे छलफल गर्न बैठक बसेको प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए।
सोमबार बिहान साढे ११ बजे ललितपुरको ग्वार्कोस्थित एक ब्याङ्क्वेटमा माओवादी केन्द्र र नेसपाबीच एकता घोषणा कार्यक्रम तय भएको छ।