मधेश डुल्दै गरेका गृहमन्त्रीको शेखरले कोशी पुगेर मागे राजीनामा, अब कांग्रेसकै सरकार

शनिबार, जेठ १०, २०८२

भिजिट भिसा प्रकरणमा अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कांग्रेस नेता शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेपछि लेखकले कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागिपर्ने बताएका छन्।

शनिबार जनकपुरमा पार्टीको मधेस प्रदेश कार्यसमितिको विशेष बैठकमा बोल्दै उनले लामो समयसम्म पनि कांग्रेसको सरकार नबनेको भन्ने नेता कार्यकर्ताको गुनासो सही भएको बताए। उता, बिराटनगर पुगेर कोइरालले उनको राजीनामा मागेका हुन्। कोइरालाले विगतमा केही मन्त्रीले राजीनामा दिएर छानबिनमा सघाएको स्मरण पनि गृहमन्त्री लेखकलाई गराए।

‘रमेशजीको कुरा उठेपछि नैतिकताका आधार राजीनामा दिएर छानबिन गर्नुस् तपाईँहरू भने भइहाल्यो नि! गृह मन्त्रालय त उहाँकै अन्डरमा छ नि त’, नेता कोइरालाले भने, ‘उहाँले नैतिकताको हिसाब म क्लिन छु, मैले राजीनामा गरेँ। छानबिन समिति बनाउनुस् गर्नुहोस् भने भइहाल्यो नि। त्यसले मोरल स्ट्याटस देखिन्छ।’
 

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  १४:४३
प्रतिक्रिया दिनुहोस्