सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरू नगण्य रहेको बताएका छन्।
शनिबार नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई काठमाडौँमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले स्व. रेग्मी त्यागी र कुनै किसिमको लोभ लालच नभएको व्यक्ति रहेको बताए। पार्टीमा यस्ता व्यक्तिहरू धेरै कम रहेको उनको भनाइ छ।
‘उहाँ (रेग्मी) अत्यन्तै त्यागी, कुनै किसिमको लोभ लालच नभएको व्यक्ति हो। धेरै कम नेपाली कांग्रेसीहरू यस्ता छन्। सच्चा मानेमा नेपाली कांग्रेसको हृदयबाटै समर्पित भएर कांग्रेस बढाउन र बनाउन लागेका छन्’, उनले भने, ‘उहाँ अत्यन्तै समर्पित साथी हो। त्यस्ता साथीहरू हाम्रो पार्टीमा नगण्य छन् भनेपनि हुन्छ।’
सभापति देउवाले स्व. रेग्मीको बारेमा लेखहरु लेखेर आम जनमानसमा उनको छविबारे उजागर गर्न जरुरी रहेको बताए।