गृहमन्त्रीका प्याराको प्यारीमा लगानी, को हुन् सहसचिव तीर्थको कविता ?

राख्न दिन्थे घुसका बिटै बिटा
शुक्रबार, जेठ ९, २०८२

भिजिट भिसा प्रकरणमा गोरखधन्धा चलाएको प्रमाणले पोलिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईले अवैध असुलीको रकमले युवतीको थैली भर्ने भेद खुलेको छ। 

गृहमन्त्री रमेश लेखकको प्यारा भनिएका सहसचिव भट्टराईले भने अवैध असुलीको रकम प्यारी तिर लगानी गरेका हुन्। अख्तियारले पटके बयान लिने क्रममा स्वयम् भट्टराईले युवती संगको कारोबार स्वीकारेका छन्। 

अध्यागमनका कर्मचारीले दलालसँगको साँठगाँठमा पर्यटन भीसामा विदेश जानेहरुसँग अवैध रुपमा रकम असुल्न गिरोह चलाएकोबारे नयाँ-नयाँ तथ्य खुल्ने क्रममा उक्त कुरा थाहा भएको हो । बुधबारदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रहेका भट्टराईले कविता पौडेल नाम गरेकी युवतीको बैंक खातामार्फत घुस रकम कारोबार गर्ने गरेको खुलेको अख्तियार स्रोतले जनाएको छ । 

ती युवती पहिले सरकारी अड्डामै करारमा कार्यरत भएको तथ्य खुलेको छ।  अहिले भने उनी एक कलेजमा कार्यरत छिन्।  सो कलेजमा तीर्थ समेतको घुमाउरो लगानी छ। सहसचिव भट्टराईले आफ्नो भागमा पर्ने पैसा उनै युवतीको खातामा राख्ने गरेको बताइएको छ । युवतीको मोबाइल जफत गरेर फरेन्सिक ल्याब परीक्षण भइरहेको बताइएको छ ।

भट्टराईले अलि टाढाको नाता पर्ने भान्जालाई समेत सो कार्यमा प्रयोग गर्दै आएको बताईए पनि सो विषय भने प्रष्ट खुली नसकेको श्रोतको भनाई छ। दुई मिनेट ढिलो हुनाले भट्टराई रंगेहात समातिन बाट जोगिएका थिए। 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  २२:०४
प्रतिक्रिया दिनुहोस्