जनकपुरधाममा मधेस प्रदेश स्तरीय सुरक्षा गोष्ठी सुरु

शुक्रबार, जेठ ९, २०८२

जनकपुरधाममा मधेस प्रदेश स्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ।

शुक्रबार गृह-मन्त्रालय र मधेस सरकारको गृह मन्त्रालयको आयोजनामा सुरु भएको सुरक्षा गोष्ठीमा केन्द्रीय गृहमन्त्री रमेश लेखक, मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, गृह सचिव उपस्थित छन् ।

यस्तै, नेपाल प्रहरीका प्रमुख दीपक थापा, सशस्त्र प्रहरीका प्रमुख राजु अर्याल, नेपाली सेनाका रथी निर्मलकुमार थापा, मध्यपूर्वी पृतना हेडक्वाटरका पृतनापती कृष्णबहादुर जिसी, एनडिआरआरएमएका प्रमुख दिनेश भट्ट, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रदेशका डिआइजी, ८ वटै जिल्लाका प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायतको उपस्तिथिमा बैठक सुरु भएको हो ।

प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा आठ वटै जिल्लाको तर्फबाट कार्यपत्र प्रस्तुत हुने जनाइएको छ ।

मधेस प्रदेशको ८ वटै जिल्लाको भारतसँग खुल्ला सीमा रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  ११:०७
प्रतिक्रिया दिनुहोस्