रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ आज पनि

बिहीबार, जेठ ८, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइका लागि पेसी तोकिएको छ ।

सो रिटमाथि सुनुवाइका लागि न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको हो । यसअघि यो रिटमा मात्र दुईपटक सुनुवाइ हुन सकेको छ ।

६ पटक त यो रिटमाथिको सुनुवाइ हेर्न नमिल्ने बेन्चमा पेसी तोकिएको थियो । बन्दी प्रत्यक्षीकरण जस्तो संवेदशीन रिट पनि लामो समय हेर्न नमिल्नेमा परेपछि सर्वोच्चबाटै हेर्न मिल्ने बेन्चमा मात्र पेसी तोक्न आदेश भएको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  १०:५५
प्रतिक्रिया दिनुहोस्