सोसल मिडिया
युनिकोड
नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा.विश्व पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (बुधबार) एक समारोहका बीच प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले डा.पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकले डा.पौडेललाई राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको थियो ।
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. पौडेलले भेट गरेका छन्। बुधबार बिहान अर्थ मन्त्रालय पुगी नवनियुक्त गभर्नर पौडेलले अर्थमन्त्री पौडेलसँग भेटघाट गरेका हुन्।
अर्थमन्त्री पौडेलले गभर्नरमा नियुक्त भएकामा पौडेललाई बधाइसहित सफल कार्यकालको शुभकामना दिएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।