सोसल मिडिया
युनिकोड
मुख्यसचिव खान मुख मिठ्याएका दिनेश भट्टराईलाई हालका मुख्यसचिव एकनारायण अर्यालले खोसीदिएपछि रन्थनिएर राजीनामा ठोकेका भट्टराई ले केही दिनपछि राजीनामा फिर्ता लिए। महिला मन्त्रालयको सचिव हुँदा सचिवको पाँच वर्षे कार्यकाल सकेर घर गएका पूर्व सचिव भट्टराई १८ औं गभर्नर बन्ने गरि तीन जना सम्भावित गभर्नरको सूचीमा अटाए तर भएनन्।
अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको गभर्नर सिफारिश समितिको मंगलबार बसेको बैठकले सम्भावित गभर्नरका लागि तीन जना उम्मेवारको नाम सिफारिश गर्दा एक नम्बरमा विश्व पौडेल दुई नम्बरमा नीलम ढुंगाना र तीन नम्बरमा भट्टराईको नाम थियो। यस अघि गभर्नर बन्ने नामको चर्चामा कहीं कतै नरहेका भट्टराई कसरी एकाएक सिफारिशमा परे भन्ने जिज्ञासा जो कोहीमा भयो। गभर्नरमा विश्व पौडेलको नियुक्ति त भयो नै उनले सपथ लिएर आजैदेखि केन्द्रीय बैंक हाँक्दैछन्। तर हुन नसकेका मुख्यसचिव भट्टराई गभर्नर पनि बन्न नसकेको चर्चा भएको छ।
भट्टराईलाई पूर्व अर्थमन्त्री समेत रहेका पूर्व गभर्नर युवराज खतिवडाको सिफारिशमा अर्थमन्त्रीले प्रस्ताव गरेका हुन्। भट्टराई गभर्नर नबने पनि अब उनलाई कतै व्यबस्थापन गर्ने लक्षण मिलेको अर्थमन्त्री निकट श्रोतको दाबी छ। भट्टराई माओवादी नेता नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा गृहसचिव थिए।