सोसल मिडिया
युनिकोड
सोमबार साँझ हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको भेटवार्ता अन्तिमा आएर रोकिएको थियो। हिजो नभेटेका ओली र देउवाको आज प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि भेटवार्ता भएको छ।
दुई नेता बिचको भेटलाई प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ। यता, प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा सदस्यले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम भने स्थगित गरिएको छ। गभर्नर नियुक्तिका विषयमा ओली र देउवाबीच तिक्तता भएको भनिएकै बेला दुई नेताबीच छलफल भएको हो।
स्रोतका अनुसार उनीहरुबीच नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति, आगामी जेठ १५ गते सरकारले ल्याउने बजेट, सदनलाई प्रभावकारी बनाउन र समसायमिक राजनीतिक विषयमा छलफल भइरहेको छ।