सोसल मिडिया
युनिकोड
आज प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम हटाइएको छ। यसअघि सम्भावित कार्यसूचीमा आज प्रधानमन्त्री सांसदका प्रश्नमा जवाफ दिने कार्यक्रम उल्लेख थियो।
तर स्वास्थ्यका कारण आज प्रधानमन्त्री ओली संसद् बैठकमा उपस्थित हुन नसक्ने उनको सचिवालयले जनाएको छ। सोही कारण उनले जवाफ दिने भनिएको कार्यक्रम स्वत: हटाइएको हो। प्रधानमन्त्री ओली बिरामी भएको बताईएको छ।