प्रधानमन्त्री ओली पत्नी राधिकाले यसरी दिईन् साविती बयान

सोमबार, जेठ ५, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी एवं प्रथम महिला राधिका शाक्यले शक्तिको दुरुपयोग गरेर कुनै पनि काम नगरेको बताएकी छन् । सोमबार (जेठ ५) काठमाडौंमा शाक्यद्वारा लिखित पुस्तक ‘करुणा’को लोकार्पण एवं समीक्षा कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

उनले ओलीसँग विवाह गरेको करिब ३८ वर्ष पुगेको जानकारी गराइन् । हालसम्म ओली गृहमन्त्री, परराष्ट्रमन्त्री, चारपटक प्रधानमन्त्री हुँदा समेत शक्तिको दुरुपयोग गरेर कसैलाई कुनै काम नदिलाएको उनको भनाइ थियो ।

“मलाई कुनै लोभ, अवसर, महत्त्वाकांक्षा छैन । हाम्रो नातागोताले कहीँ कतै सानो, ठूलो शक्तिको दुरुपयोग गरेर राखिदिएको केही छैन,” उनले भनिन्, “तपाईंहरूले भेट्टाउन सक्नुहुन्छ भने खोज्न म अनुरोध गर्न चाहन्छु ।”

उनले कार्यकर्ता व्यवस्थापनबारे आफू जानकार नरहेको बताइन् । आफूले कुनै पनि राजनीतिक कार्यमा हस्तक्षेप नगर्ने उनले उल्लेख गरिन् ।

“जहाँसम्म मलाई लाग्छ, अब कार्यकर्ताहरूको व्यवस्थापन कसरी भएको छ, के भएको छ त्यो म जान्दिनँ । किनभने, म कुनै पनि पोलिटिक्समा मैले हस्तक्षेप गरेको छैन, गर्दिनँ पनि,” उनले भनिन् ।

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  २०:२९
प्रतिक्रिया दिनुहोस्