सोसल मिडिया
युनिकोड
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट फेरि पहिलेकै न्यायाधीशसहितको इजलासमा परेको छ ।
आज आइतबार पनि उनको निवेदन सुनुवाइका लागि न्यायाधीश मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासमै पारिएको हो । तर रविको रिटमाा न्यायाधीश पोखरेलले हेर्न नमिल्ने भन्दै सुनुवाइ गरिरहेका छैनन् ।
यसअघि वैशाख २८ गते पनि न्यायाधीश पोखरेलको इजलासमा पेसी तोकिएको थियो । तर, हेर्न नमिल्ने भनेर सुनुवाइ गरिएन । यो रिट हेर्न नमिल्ने न्यायाधीशको इजलासमा पेसी परेको आज पाँचौँपटक हो ।
न्यायाधीश हरि फुयालले पनि यो निवेदनमा सुनुवाइ गरेनन् । वैशाख ९ गते कारण देखाऊ आदेश जारी गरेका न्यायाधीश अब्दुल अजिज मुसलमानले पनि त्यसपछि हेर्न नमिल्ने भन्दै सुनुवाइ गरेका छैनन् ।
लामिछाने हाल रुपन्देही कारागारमा छन् । जिल्ला अदालत रुपन्देहीबाट एक करोड धरौटीमा रिहा भएका उनी उच्च अदालतट बुटवलको आदेशबाट पुनः प्रहरी हिरासतमा पुगेका हुन् । तर आफूलाई गैरकानुनी रूपमा पक्राउ गरेर तीन दिनपछि मात्रै कारागार चलान गरिएको भन्दै उनले रिहा गरिनुपर्ने माग गरेका छन् ।