प्रधानमन्त्री ओली सँग जापानका उपपरराष्ट्रमन्त्रीको शिष्टाचार भेट

शनिबार, जेठ ३, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सगरमाथा संवादमा सहभागी हुने सिलसिलामा काठमाडौंमा रहेका जापानका उपपरराष्ट्रमन्त्री इक्युुना आकिकोले शनिबार (जेठ ३) शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबीच सुमधुर सम्बन्ध रहेको चर्चा गरे । उनले वर्तमानमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या सबैको चासोको विषय भएको बताउँदै सगरमाथा संवाद आयोजना गरिएको उल्लेख गरे । संवादमा जापान सरकारको नेतृत्व गरेर सहभागी भएकामा उनले उपमन्त्री इक्युुनालाई धन्यवाद दिए ।

प्रधानमन्त्री ओलीले अनुुकूूल पूर्वाधार निर्माण, वातावरणीय दिगोपना र विपद् जोखिम न्यूूनीकरणमा जापानी अनुुभव नेपालका निम्ति उपयोगी हुने बताए ।

उपमन्त्री इक्युुनाले आर्थिक विकास, शिक्षा, मानव संशाधन विकास र वातावरण एवं संस्कृति संरक्षणमा जापानका तर्फबाट सहयोग निरन्तर रहने बताए । त्यस अवसरमा नेपालका निम्ति जापानका राजदूत माइदा तोरु तथा परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए । 

प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२  २१:४९
प्रतिक्रिया दिनुहोस्