सोसल मिडिया
युनिकोड
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माबीच समसामयिक राजनीतिकका विषयमा छलफल भएको छ।
देउवालाई भेट्न शर्मा शुक्रबार बूढानीलकण्ठ पुगेका थिए। 'पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भयो' शर्माले भने।
नेकपा माओवादी केन्द्रले आजदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गरेको छ। सोही अभियानको उद्घाटनका लागि देउवाको गृह जिल्ला डडेलधुरा पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देउवालाई फोन गरेका थिए। त्यसलगत्तै शर्मा देउवालाई भेट्न पुगेका हुन्।
गभर्नर नियुक्ति र बजेटका अन्तरवस्तुमा कांग्रेस-एमालेबीच तुष सहितको भुसको आगो सल्किरहेकै बेला भएको भेटलाई अर्थपूर्ण ढंगले हेरिएको छ। बिहिबार मात्र प्रधानमन्त्री केपी ओलीले १४ महिनापछि देउवालाई किस्तिमै राखेर प्रधानमन्त्री दिने भाषण गरेकै भोलिपल्ट शर्मा देउवा निवास पुगेका हुन्। चर्चा चले अनुसार माओवादी देउवालाई प्रधानमन्त्री दिन तयार छ।