गभर्नर खोज्ने समितिमा किस्ता-किस्तामा को-को थपिए ?

बिहीबार, जेठ १, २०८२

सरकारले गभर्नर सिफारिस समिति पुनर्गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस समिति पुनर्गठन गरेको हो ।

यसअघि समितिमा रहेका दुई सदस्यले राजीनामा दिएका थिए । ती दुई सदस्यको स्थानमा डा. पोषराज पाण्डे र निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सदस्य राखिएको सरकारका प्रवक्ता पृथ्बी सुब्बा गुरुङले जानकारी दिए । यसअघि पूर्वगभर्नर विजयनाथ भट्टराई र विश्व पौडेल सदस्य थिए । उनीहरु दुवै जनाले राजीनामा दिएका कारण दुई सदस्य थप गरिएको हो ।

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  ०७:११
प्रतिक्रिया दिनुहोस्