पाँच वर्षमा उक्लिएको बीमापोष्टको प्रसिद्धि, प्रधानमन्त्रीको गुणगान

बुधबार, वैशाख ३१, २०८२

कुनै किसिमको हानिनोक्सानी वा क्षति भएमा संस्थाले बेहोर्ने र क्षतिपूर्ति पाइने गरी राखिने किस्ताबन्दी वा एकमुस्ट धरौटी रकमलाई नै बीमा भनेर बुझिन्छ । हो, त्यही बीमाका विषयलाई मूलधार बनाएर पाँच वर्षयता देखि नेपाली संचार जगतमा योगदान पुर्याउदै आएको बीमापोष्ट डट कम पाँचौ वर्ष प्रवेश गरेको छ।

अर्थतन्त्रको मियोकै रूपमा रहेको नेपालको अर्थतन्त्रको एउटा भंगालो बीमा क्षेत्रलाई समेटेर नेपालको बीमा नीतिमै हस्तक्षेपकारी भूमिका खेली आएको बीमापोष्ट भरपर्दो आर्थिक अनलाइन माध्यमका रूपमा दरिएको छ। सिद्धहस्त पत्रकार नवराज न्यौपानेको सम्पादकमा प्रकाशित उक्त संचारमाध्यम राज्यका हरेक निकायमा गन्नेचुन्ने अबस्थामा उक्लिएको छ।

राइनिसी मिडिया एण्ड रिसर्च सेन्टर प्रा.लि.द्वारा सञ्चालित बीमापोष्टको प्रगतिको कामना गर्दै प्रधानमन्त्री केपी ओलीले थप प्रगतिको शुभकामना व्यक्त गरेका छन् । त्यस्तै उपप्रधानमन्त्री समेत रहेका अर्थमन्त्री विष्णु पौडेल समेतले बीमापोष्टको उच्च कदर गर्दै शुभकामना दिएका छन् ।

त्यस्तै नेपाल सरकारका मन्त्रीहरू, बीमा क्षेत्रमा सक्रिय राज्यका निकायहरूले समेत बीमपोष्टको थप प्रगतिको कामना गर्दै शुभकामना दिएका छन् । निजी क्षेत्रका बीमा कम्पनीले त बीमापोष्टले पुर्याएको योगदानको खुलेर चर्चा गरेका छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १७:४५
प्रतिक्रिया दिनुहोस्