बुद्धजयन्तीको अवसरमा प्रधानमन्त्री ओलीले दिए यस्तो शुभकामना 

सोमबार, वैशाख २९, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध अहिंसाको उज्यालो प्रकाश तथा मानवता र करुणाका अमूल्य उपहार भएको बताएका छन्।

पच्चीस सय ६९ औँ बुद्धजयन्तीको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सबैको मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो छाओस् भन्ने शुभेच्छासमेत व्यक्त गरेका छन्। 

‘अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार–यिनै हुन् गौतम बुद्ध’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘बुद्ध जयन्तीले हामीलाई उहाँको जन्म, बोध प्राप्ति र महापरिनिर्वाणको स्मरण गराउँछ।’

प्रधानमन्त्री ओलीले बुद्धका मार्गदर्शनले हाम्रो दृष्टि सम्यक् बनोस्, विचार शुद्ध रहोस् र कर्म उज्यालो होस् भन्ने कामनासमेत गरेका छन्। 

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  ०८:४४
प्रतिक्रिया दिनुहोस्