लगातार छ दिने कर्मकाण्ड सकेपछि ओली सरकारको नीति तथा कार्यक्रम पारित

आइतबार, वैशाख २८, २०८२

सरकारले सदनमा पेस गरेको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित भएको छ ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिएको थियो । सभामुख देवराज घिमिरेले निर्णयार्थ पेस गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

विपक्षीहरूले नीति तथा कार्यक्रमको विपक्षमा मतदान गरे भने सत्ता पक्षका सांसदले पक्षमा मतदान गरेका छन् । निर्णयाथ प्रस्तुत हुनुअघि नीति तथा कार्यक्रममाथि वैशाख २२, २३, २४, २५, २६ र २८ गते छलफल भएको थियो ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  २१:१६
प्रतिक्रिया दिनुहोस्