सोसल मिडिया
युनिकोड
गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोश्यारीबीच भेटवार्ता भएको छ ।
भैंसीपाटीस्थित मन्त्री निवासमा भाजपाका वरिष्ठ नेता कोश्यारीले मन्त्री लेखकसँग भेट गरेका हुन् । भेटमा मन्त्री लेखकले भारतको जम्मु–कश्मिरमा भएको आतङ्कवादी आक्रमणको निन्दा गर्दै नेपाल सरकार आतङ्कवादी हमलाको विरुद्धमा रहेको स्पष्ट पारे ।
आतंकवाद विरुद्धको लडाईंमा नेपाल सँधै साथमा रहने उल्लेख गर्दै मन्त्री लेखकले छिमेकी देशहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री लेखकले नेपाल–भारत बिचको सदियौंँदेखिको मित्रवत सम्बन्ध थप सुदृढ गर्दै लैजाने विषयमा भारतीय जनता पार्टीका वरिष्ठ नेता कोश्यारीसित कुराकानी भएको बताए ।
सो भेटका अवसरमा भारतीय जनता पार्टीका वरिष्ठ नेता कोश्यारीले नेपाल र भारतबीच सदियौंदखि सम्बन्ध रहेको बताए ।
उनले दुई देशबीचको सम्वन्ध थप मजबुद गर्दै लैजानेमा जोड दिए । भाजपा नेता कोश्यारीले बिहीबार नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए।