देउवा र आरजुलाई बालुवाटार डाकेर ओलीले चलाए क्याबिनेट 

बिहीबार, वैशाख २५, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ दुई दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ छलफल गरेका हुन् । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएकाे  थियो ।

छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले उपाध्यक्ष एवम् उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा, प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेल सहभागी थिए । उक्त बैठकपछि क्याबिनेट बैठक बसेको हो। 

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  २०:५७
प्रतिक्रिया दिनुहोस्