रविन्द्र मिश्र सहितका समातिएका आन्दोलनकारी थप पाँच दिन हिरासतमै

बिहीबार, वैशाख २५, २०८२

राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रसहित चैत १५ गते काठमाडौंमा भएको आन्दोलनपछि पक्राउ परेकाहरुलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालतका एक अधिकारीले दिएको जानकारीअनुसार मिश्रसहितलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । मिश्रमाथि आपराधिक उपद्रवमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चैत १५ गते गरेको आन्दोलनका कमान्डर दुर्गा प्रसाईंले आफू क्यान्सरको बिरामी भएकाले जमानीमा बस्न पाउँ भनी निवेदन दिएको हुँदा उनलाई चिकित्सकको निगरानीमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  २०:५१
प्रतिक्रिया दिनुहोस्