पूर्व मन्त्री समेत रहेका माननीय बुढाले किन भेटे गृहमन्त्री ?

बिहीबार, वैशाख २५, २०८२

पूर्व मन्त्री समेत रहेका  प्रतिनिधिसभा सदस्य धनबहादुर बुढाले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन्। माथिल्लो डाेल्पाकाे धाे मा इलाका प्रशासन कार्यालय स्थापनाको व्यबस्था मिलाउन आग्रह गर्दै बुढाले बुधबार गृहमन्त्री भेटेका हुन्। 

माथिल्लो डाेल्पामा पर्ने शे-फाेक्सुण्डाे गाउँपालिका, छार्काताङसाेङ गाउँपालिका र डाेल्पाेबुद्व गाउँपालिकाका स्थानीयलाई सहज हुनेगरी नागरिकता सहितकाे सेवासुबिधा दिने गरि डाेल्पाे बुद्व गाउँपालिका वडा नं.  १  धाे मा इलाका प्रशासन कार्यालय स्थापना गर्न गृहमन्त्री लेखकलाई अनुरोध गरेकाे सांसद बुढाले बताए। 

भाैगाेलिक रुपमा बिकट माथिल्लो डाेल्पाका नागरिकलाई नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका प्रशासनबाट हुने कामकाजकाे लागि करिब एक हप्ताको बाटाेमा पैदल हिडेर सदरमुकाम दुनै पुग्ने गर्दछन। भेटमा गृहमन्त्री लेखकले माथिल्लो डाेल्पाका स्थानीय नागरिकको समस्यालाई मध्यनजर गर्दै  धाे मा इलाका प्रशासन स्थापना गरि कामकाज संचालकाे लागि छिट्टै मन्त्री परिषद्काे बैठकमा प्रस्ताव लैजाने बताएको सांसद बुढाले बताए। 

डोल्पा जिल्लाको विकास र प्रशासनिक सहजताका सवालमा जनता मैत्री कामकाज गर्नमा सांसद बुढा अहोरात्र खट्दै आएका नेता हुन्। 

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १०:१५
प्रतिक्रिया दिनुहोस्