रेशम चौधरी पक्राउ काण्डमा गृहमन्त्री लेखकले संसदमा लगाए बेलिबिस्तार

बिहीबार, वैशाख २५, २०८२

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेको घटनाबारे गृहमन्त्री रमेश लेखकले आज संसदमा जवाफ दिने भएका छन् ।

नागरिक उन्मुक्तिका सांसदले रेशम पक्राउ घटनाबारे सरकारको धारणा माग गर्दै संसद अवरोध गरेपछि गृहमन्त्रीले उक्त घटनाबारे आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभामा जवाफ दिने भएका हुन् । रेशम चौधरी यहि बैशाख १७ गते प्रज्ञा भवन परिसरबाट पक्राउ परेका थिए ।

जनमतसँग पार्टी एकता घोषणा गर्न पुगेका चौधरीलाई फर्जी पक्राउ पुर्जीका आधारमा पक्राउ गरिएको थियो । सर्वोच्चले उक्त पक्राउ पुर्जी फर्जी रहेको पत्र काटेपछि रेशम डिल्लीबजार कारागारबाट ५ घण्टापछि रिहा भएका थिए । उक्त घटनाको न्यायिक छानविन हुनुपर्ने तथा प्रधानमन्त्री र गृहमन्त्रीले संसदमा आएर जवाफ दिनुपर्ने नाउपाले माग गर्दै आएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १०:०४
प्रतिक्रिया दिनुहोस्