पाकिस्तानी सेनाको आक्रमणबाट तीन भारतीय नागरिकको मृत्यु

बुधबार, वैशाख २४, २०८२

पाकिस्तानी सेनाको आक्रमणबाट तीन भारतीय नागरिकको मृत्यु भएको छ ।

समाचार एजेन्सीहरू रोयटर्स र एएफपीले भारतीय सेनालाई उद्धृत गर्दै कश्मीरमा पाकिस्तानी सेनाको गोलीबारीमा तीन भारतीय नागरिकको मृत्यु भएको उल्लेख गरेका छन् ।

यसैबीच, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले बीबीसीलाई बताएअनुसार भारतीय आक्रमणमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको छ । ‘आक्रमण मस्जिदसहित धेरै ठाउँ लक्षित थिए,’ उनले भने ।

पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले भारतीय आक्रमणप्रति प्रतिक्रिया जनाएका छन् । उनले पाकिस्तानलाई यसको जवाफ दिने पूर्ण अधिकार रहेको बताएका छन् ।

भारतले यो कारबाही अप्रिल २२ (वैशाख ९)मा कश्मीरमा भएको आक्रमणपछि गरेको हो । जसमा २६ जना पर्यटकको मृत्यु भएको थियो । जहाँ एक नेपाली पनि परेका थिए ।

भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाएको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  ०८:२५
प्रतिक्रिया दिनुहोस्