मध्यराति शौचालयमा पछारिए प्रचण्ड, कहाँ-कहाँ पर्यो दख्खल ?

बुधबार, वैशाख २४, २०८२

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्। उनको टाउको र निधारमा टाँका नै लगाउनु परेको छ। 

खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर उनी घाइते भएका हुन्। प्रचण्ड घाइते भएपछि उपचारका लागि तत्काल मेडिसिटी अस्पतालमा लगिएको थियो। 

घाइते भएपछि राति नै उपचारका लागि प्रचण्डलाई मेडिसिटी अस्पतालमा लगिएको थियो। अहिले भने प्रचण्ड निवासमै नियमित काममा रहेका उनकी छोरी गंगा दाहालले बताएकी छन्। 

‘गएराति बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकाले नजिकैको मेडिसिटी अस्पतालमा सामान्य चेकजाँचपछि घर फर्केर नियिमित काममा संलग्न हुनु भएको जानकारी गराउँदछु। बुवाको स्वास्थ्यबारे चासो र चिन्ता राख्नुहुने सबैमा धन्यवाद!’ गंगा दाहालले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेकी छन्।  

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  ०७:४४
प्रतिक्रिया दिनुहोस्