आइतबार सबेरै राष्ट्रपति पौडेल मनाङ पुग्ने, के छ कार्यक्रम ?

शनिबार, वैशाख २०, २०८२

राष्ट्रपति रामचन्द्र पौडेल हिमाल पारीको जिल्ला मनाङ जाने भएका छन्। बैशाख २१ गते आईतबार मनाङ जाने कार्यकर्म तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ। 

राष्ट्रपति पौडेलले मनाङ्गको ङिस्याङ गाउँपालिका वडा नं–८, मनाङमा फुन्चोक रिम्पुछेद्वारा निर्मित मिलारेपा पार्कको उद्घाटन गर्ने कार्यक्रम छ। त्यसका लागि आईतबार बिहान १० बजे नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रपति मनाङ उड्ने कार्यक्रम छ। 

राष्ट्रपति पौडेल कार्यक्रम स्थलमा पुगेपछि पार्कको उद्घाटन गरी त्यहॉ रहेको गुम्बामा द्विप प्रज्वलन गरी पूजा अचर्ना गर्नेछन् । राष्ट्रपतिबाट पार्कको उद्धाटन र पूर्जाअचर्ना पछि प्रतिनिधिसभा सदस्य समेत रहेका पूर्वमन्त्री टेकबहादुर गुरुङले समग्र मनाङ जिल्लाको वस्तु स्थितीको जानकारी सहित आगामी दिनमा सरकारले ध्यान दिनुपर्ने विषयहरुको जानकारी गराउने कार्यक्रम छ।  जिल्लाको विकासका लागि मरिहत्ते गर्दै आएका पूर्व मन्त्री गुरुङको पहलमा राष्ट्रपति पौडेल त्यहाँ पुग्न राजी भएका हुन्। 

पार्कको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे समेत पुग्नेछन्। राष्ट्रपति पौडेल पहिलो पटक मनाङ्ग पुगेन भएका हुन्। 

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  २१:१५
प्रतिक्रिया दिनुहोस्