नयाँ गभर्नर नियुक्ति नगरेर ओली सरकारले संविधान मिचेको शेखरको ठहर

शनिबार, वैशाख २०, २०८२

सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले बाध्यतामा एमालेसँग मिलेर सरकार गठन गरेको बताएका छन् । शनिबार प्रेस युनियन नवलपुरले कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले दुई–दुई महिनामै सरकार परिवर्तन हुन थालेपछि एमालेसँग मिल्न बाध्य भएको बताएका हुन् ।

पहिलो, तेस्रो, चौथो पार्टी मिलेर सरकार बनाउने र दोस्रो पार्टी सधैँ विपक्षमा बस्ने गरेको अभ्यास दुई ठूला पार्टी मिलेको उनले बताए । ‘अहिले सरकारको नेतृत्व कांग्रेसले लिएको छैन ।

एमालेका अध्यक्ष ओलीजीले लिनुभएको छ’ उनले भने, ‘सात बुँदे सहमति भनेको छ । संविधानमा परिमार्जन गर्ने भनिएको छ, दण्डहीनताको अन्त्य र सुशासन दिने, डेलिभरी राम्ररी दिने भनेको छ । सधैँ देशको आर्थिक अवस्थामा सुधार गर्ने भनिएको छ ।’

गभर्नरको पदावधि सकिनुअघि नै नयाँ गभर्नर नियुक्ति गर्न सिफारिस भइसक्नुपर्ने भएपनि अहिले गभर्नरको म्याद सकिएको दुई महिना भइसक्दा पनि नयाँ गभर्नर नियुक्ति नगरेर संविधान मिच्ने काम सरकारले उनले आरोप लगाए । उनले यो सरकारले सुशासन दिनै नसकेको आरोप लगाए ।

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  १५:०२
प्रतिक्रिया दिनुहोस्