नगरकोट पुगेर पूर्वराजा ज्ञानेन्द्रले उधूमले मनाए ५५ औँ बैवाहिक वर्षगाँठ

शनिबार, वैशाख २०, २०८२

पूर्व राजा ज्ञानेन्द्र शाहले नगरकोट पुगेर बैवाहिक वर्षगाँठ मनाएका छन्। २३ वर्षको उमेरमा बिहे गरेका ज्ञानेन्द्रले बैशाख १८ गते ५५ औँ बैवाहिक वर्षगाँठ मनाएका हुन्। उनको विवाह वैशाख १८, २०२७ मा कोमल राज्य लक्ष्मी देवीसँग भएको थियो।

२००४ सालमा जन्मिएका उनी २००७ सालमा दुई महिना नेपालको राजा बनेका थिए। त्यसपछि २०५८ जेठ २२ देखि २०६५ जेठ १५ सम्म नेपालको अन्तिम राजा बनेको इतिहास छ। 

राजा महेन्द्रका माहिला छोरा ज्ञानेन्द्र राज परिवारको परम्परा अनुसार राजा हुने रोलक्रममा थिएनन्। वि.सं. २०५८ जेठ १९ गते नारायणहिटी दरवारभित्र भएको नरसंहारमा राजा वीरेन्द्रलगायत तत्कालीन राज परिवारका अधिकांश सदस्यको हत्या भएपछि राजा वीरेन्द्रका भाइ ज्ञानेन्द्र राजा भएका थिए।

आफ्ना नातेदार सहित नगरकोट पुगेका पूर्वराजा ज्ञानेन्द्र बैशाख २५ गते नगरकोट बाट निर्मलनिवास फर्कने ज्ञानेन्द्र निकट श्रोतले बताएको छ। 
495272229_10162642702939805_7896411671269886097_n-1746263681.jpg
 

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  १४:३५
प्रतिक्रिया दिनुहोस्