कांग्रेसले डाक्यो संसदीय दलको बैठक

शुक्रबार, वैशाख १९, २०८२

नेपाली कांग्रेसले संसदीय दलको बैठक डाकेको छ ।

शनिबार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा संसदीय दलको बैठक बोलाइएको हो । आज संयुक्त सदनको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।

बैठकमा नीति तथा कार्यक्रम, आगामी बजेट तथा विचाराधिन विधेयक, सरकारको कामकारवाहीलगायतको विषयमा संसदमा गर्नुपर्ने कामको योजना बनाइने बताइएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  ११:१४
प्रतिक्रिया दिनुहोस्