सोसल मिडिया
युनिकोड
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले मन्त्रालय मातहतका दुई विभागका महानिर्देशक फेरेका छन्। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक कमल भट्टराईलाई मन्त्री भण्डारीले वैदेशिक रोजगार विभागको महानिर्देशकको तालाचाबी दिएका छन्।
वैदेशिक रोजगार विभागमा अनियमितता बढेको चरम गुनासोपछि भण्डारीले केही साता अघि मात्र घर जान ठिक्क परेका विभागका महानिर्देशक सूर्यबहादुर खत्रीलाई मन्त्रालय तानेर मन्त्रालयका वैदेशिक रोजगार व्यवस्थापन महाशाखा प्रमुख जीवलाल भुसाललाई महानिर्देशक नियुक्त गरेका छन्। खत्रीले भने अवकाश पाईसकेका छन् भने भुसाल त्यहाँ जान खासै इच्छुक थिएनन्। मन्त्री भण्डारीले महानिर्देशकसँगै निर्देशकसहित १४ जना कर्मचारीको पनि सरुवा गरेका थिए।
भट्टराईलाई बैरोमा पठाएपछि मन्त्रालयका सहसचिव चक्रपाणि पाण्डेलाई भट्टराईको ठाउँमा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको महानिर्देशकमा खटाइएको छ। त्यस्तै योजना आयोग बाट श्रम मन्त्रालय पुगेका कृष्णप्रसाद सापकोटालाई मन्त्रालयकै आन्तरिक रोजगार महाशाखाको जिम्मेवारी दिइएको छ । भट्टराईलाई बैरोमा पठाउने ब्यबस्था भने सचिव कृष्णहरि पुस्करले मिलाएका हुन्। मन्त्री भण्डारी र सचिव पुस्कर दुवै महोत्तरीका हुन् भने कमल सचिव पुस्करका दाहिने हात हुन्।