सोसल मिडिया
युनिकोड
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संघीय शिक्षा ऐन नआएसम्म आन्दोलन जारी रहने बताएका छन् ।
अहिले काठमाडौंको रत्नराज्य विद्यालयमा शिक्षकहरूको आकस्मिक बैठकले आन्दोलन झन् चर्काउने निर्णय गरेको हो। बैठकमा सबै शिक्षक सम्बद्व घटकहरूले आन्दोलन जारी राख्न सुझाव दिएको र सोहीअनुसार अघि बढ्ने तयारी रहेको सुवेदीले बताए ।
आइतबार दिउँसो प्रहरी र शिक्षकबीच बानेश्वर क्षेत्रमा झडप भएको थियो । झडपमा ३१ शिक्षक, एक पत्रकार र केही प्रहरी घाइते भएका थिए ।