कांग्रेस सांसद मायालाई सहकारी ठगी प्रकरणमा पक्राउ गरेको सभामुखलाई जानकारी 

आइतबार, वैशाख १४, २०८२

सहकारी ठगी प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईबारे प्रहरीले संसद्लाई जानकारी दिएको छ । 

राई शनिबार (वैशाख १३) बेलुका काठमाडौंको कपनबाट पक्राउ परेकी थिइन् । नेपाल प्रहरीको अपराध अनुसन्धान तथा कारबाही शाखा (भद्रकाली काठमाडौं)ले राईको पक्राउबारे प्रतिनिधिसभा सभामुख देवराज घिमिरेलाई पत्र लेखेर जानकारी गराएको हो । 

स्वर्णलक्ष्मी वहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा राईलाई अनुसन्धानका क्रममा पक्राउ गरिएको प्रहरीको पत्रमा उल्लेख छ । राईलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको व्यहोरा प्रहरीले सभामुखलाई जानकारी दिएको छ । sabhamukh-patra-1745722756.jpg

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  ०८:४५
प्रतिक्रिया दिनुहोस्