सोसल मिडिया
युनिकोड
शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय आफैँले २५ जना वार्ता टोलीको नाम बनाएर पठाएपछि नेपाल शिक्षक महासंघ सिंहदरबार प्रवेश नगरी फर्किएको छ।
वार्ताका लागि शिक्षक महासंघको टोली सिंहदरबार प्रवेश गर्न खोज्दा २५ सदस्यीय नाम पाएपछि गेट प्रवेश नै नगरी फर्किएको हो।
वार्ता टोलीको नाम आफूहरूले बनाउन पाउनुपर्ने अधिकार भए पनि मन्त्रालय आफैँले नाम तोकेपछि वार्ताका लागि नगएको राष्ट्रिय शिक्षक मञ्चका अध्यक्ष कुमुदकुमार सिंह जानकारी दिए।
उनले भने, ‘वार्ता टोलीको नाम त हामीले बनाउन पाउनुपर्छ नी,अधिकार छ तर मन्त्रालय आफैँले बनाएको पाइयो, त्यही भएर वार्ता गर्न गएनौँ।'
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले वार्ता बहिष्कार गरेको बताएपछि शिक्षामन्त्री रघुजी पन्तले महासंघबाटै आधिकारिक नाम पठाउन आग्रह गरेका छन् ।