शुक्रबारदेखि संसद्को बजेट अधिवेशन, सभामुखले डाके प्रमुख दलका प्रमुख सचेतक

बुधबार, वैशाख १०, २०८२

सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै छन् । छलफल आज बिहान ११ बजे सिंहदरबारमा हुने सभामुखको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार, छलफल बजेट अधिवेशनको तयारी, कार्यतालिकालगायत विषयमा केन्द्रित रहनेछ । संसद्को बजेट अधिवेशन यही वैशाख १२ गते शुक्रबारबाट सुरु हुँदै छ । 

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १०:२१
प्रतिक्रिया दिनुहोस्