सोसल मिडिया
युनिकोड
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट (मुद्दा) हरि फुयालको इजलासमा पेसी तोकिएको छ । गैरकानुनी थुनामा राखेको भन्दै आइतबार सर्वोच्च अदालतमा लामिछाने पत्नी निकिता पौडेलले रिट दायर गरेकी थिइन् ।
उच्च अदालत बुटवलले पुर्पक्षका लागि कारागार पठाउने आदेशपछि लामिछाने हाल रुपन्देही कारागारमा छन् । बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गरेको थियो । उक्त आदेश उच्च अदालतले चैत २२ गते बदर गरेर थुनामै पठाउन भनेको थियो ।
यसअघि थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध लामिछानेले सर्वोच्चमा पुनरावेदन दिएका थिए । उक्त निवेदनमा सर्वोच्चले कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ ।