शिक्षकको आन्दोलन २० औं दिनमा, आन्दोलन झन् कडा

सोमबार, वैशाख ८, २०८२

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत रहेका शिक्षकहरूले आज (सोमबार) पनि आन्दोलनलाई निरन्तरता दिएका छन् ।

नेपाल शिक्षक महासङ्घको नेतृत्वमा २०औं दिन आज पनि काठमाडौंमा प्रदर्शन भइरहेको हो । महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार आजको प्रदर्शन बिहान ९ बजे माइतीघर मण्डलामा सुरु भएको छ ।

उनले अझै केही दिन आन्दोलनमा जुट्नुको विकल्प नरहेको भन्दै सदाझैँ अनुशासन र मर्यादा कायम राखेर संयमसहित आन्दोलनमा निरन्तर डटिरहन आग्रह गरेका छन् ।

शिक्षकहरू गत चैत २० गतेदेखि निरन्तर काठमाडौंमा विद्यालय शिक्षा ऐन पारित नभएसम्म आन्दोलनरत छन् । उनीहरू नाँचगानका साथै रचनात्मक कार्यक्रम गर्दै प्रदर्शन गर्दै आएका छन् ।

शिक्षकको आन्दोलनले आज पनि सवारी आवागमनमा बाधा पुगेको छ ।
 

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १०:५४
प्रतिक्रिया दिनुहोस्