राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक, के छन् एजेन्डा ?

बिहीबार, वैशाख ४, २०८२

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान गरिएको छ ।

बैठकमा पछिल्ला राजनीतिक समसामयिक घटनाक्रमबारे छलफल गरिनेछ । गएको चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा पक्राउ परेका नेता–कार्यकर्ताका विषयमा पनि बैठकमा छलफल गरिनेछ ।

राप्रपाले यही वैशाख २० गतेभित्र आफ्ना नेतालाई बिनासर्त रिहा नगरे आन्दोलन चर्काउने चेतावनी दिएको छ । उक्त विषयमा पनि बैठकमा छलफल गरिनेछ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  ०९:३५
प्रतिक्रिया दिनुहोस्