सोसल मिडिया
युनिकोड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दिनभर रुपन्देहीमा हुने विभिन्न विभिन्न कार्यक्रममा व्यस्त रहने भएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्ड माओवादी केन्द्रले सञ्चालन गरिररहेको ‘जनतासँग माओवादी’ तराई–मधेश हुलाकीमार्ग अभियानअन्तर्गत कार्यक्रमका निम्ति बुधबार साँझ रुपन्देहीमा आइपुगेका हुन् । आज यहाँ हुने कार्यक्रममा प्रचण्डसहित माओवादी केन्द्रका अन्य नेताहरू पनि सहभागी हुँदैछन् ।
अध्यक्ष प्रचण्ड आज बिहान भैरहवाको मिलनचोकदेखि बुद्धचोकसम्म मर्निङ वाक र जनसंवादमा सहभागी भएका छन् ।
यस्तै, बिहान ९ बजे पत्रकार सम्मेलन, १० बजे युवा, विद्यार्थी र वाइसिएललाई प्रशिक्षण, ११ देखि १२ बजेसम्म बुद्धिजीवी, व्यवसायी र नागरिक समाजसँग अन्तरक्रिया तथा १२ बजे शहीद परिवारसँग भेटघाट र सामूहिक भोजन गर्ने कार्यक्रम तय भएको पार्टीका रुपन्देही संयोजक नारायाण जिसी (निर्मल)ले जानकारी दिए ।
यस्तै, दिउँसो २ बजे मर्चवारको मझगावामा आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । दिउँसो ४ बजे जनतासँग माओवादी तराई–मधेश हुलाकी मार्ग अभियानको जिम्मा कपिलवस्तु जिल्ला समितिलाई हस्तान्तरण गर्ने जिल्ला संयोजक जिसीले जानकारी दिए ।