रास्वपाले डाक्यो केन्द्रीय समितिको बैठक

बिहीबार, वैशाख ४, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । पार्टी सचिवालय बैठकको निर्णय र पार्टी कार्यवाहक सभापतिको आह्वानमा केन्द्रीय समितिको बैठक आज बस्न लागेको हो । 

दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बस्ने बैठकमा अघिल्लो बैठकको निर्णय, पार्टी गतिविधि, महाधिवेशन कार्य विवरणका विषयमा छलफल हुनेछ । 

बैठकमा विशेष रिपोर्टिङ (जनयात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरसिप एकेडेमी, प्रशिक्षण, संगठन सबलीकरणलगायत विषय छलफलका एजेन्डा रहेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  ०९:०२
प्रतिक्रिया दिनुहोस्