सोसल मिडिया
युनिकोड
सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको कामको गति नमिलेको भन्दै असन्तुष्टि पोखेका छन् ।
नेपाली कांग्रेस पर्वत प्रदेश(ख) को प्रथम सम्मेलनलाई सम्बोधनका क्रममा महामन्त्री थापाले कतिपय विषयमा सरकारको गतिसँगै मति पनि ठीक नभएको भन्दै सरकारको कार्यशैलीमा असन्तुष्टि जनाएका हुन् ।
‘मति र गति ठीक बनायौं भने परिणाम पनि ठीक आउँछ । यो गराउने जिम्मा कस्को हो त?,’ महामन्त्री थापाको प्रश्न छ । उनले नेपाली कांग्रेस देशको जेष्ठ पार्टी भएको भन्दै यसलाई सम्हाल्ने धर्म पनि कांग्रेसकै भएको बताए ।
महामन्त्री थापाले प्रदेशलाई बलियो बनाउन संघका मन्त्रालयहरू घटाउनुपर्ने र संघको शहरी विकास मन्त्रालयले पाँच लाखका योजना बनाउने काममा लाग्न नहुने धारणा राखे ।
उनले नेपाल बन्दैछ र हामी बनाउँछौ भन्ने कांग्रेसको नारा हुनुपर्ने भन्दै निराशा फैलाउने नभई आशा फैलाउने काम कांग्रेसको हुनुपर्ने बताए ।