सोसल मिडिया
युनिकोड
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले गुड गभर्नेन्सका लागि गुड इन्टरनेट हुनुपर्ने बताएका छन्।
मंगलबार नेपाल टेलिकमकाे २१ औँ वार्षिकोत्सवलाई सम्बाेधन गर्दै उनले गुड (राम्राे) इन्टरनेट नहुँदा सरकारले प्रभावकारी काम गर्न नसकेकाे बताए।
‘जनतासँग जाेडिएकाे नजिककाे सरकार वडा सरकार हाे। पालिका सरकार हाे,’ उनले भने, ‘तर त्यही सरकारमा राम्राे इन्टरनेट छैन। इन्टरनेट त परै ,फाेन नै लाग्दैन। त्यसैले सरकारले प्रभावकारी काम गर्न सकेकाे छैन।’
गुरूङले इसरकार बनाउने अभियान रहेकाे भन्दै त्यसका लागि सबै ६ हजार ७४३ वडामा फाेरजी इन्टरनेट पुर्याउने गरी काम गर्न टेलिकमलाई आग्रह गरे।
उनले नेपाल टेलिकम अन्य निजी सेवाभन्दा कमजाेर भएकाे पनि बताए। अब यसरी अगाडि बढ्न नसकिने उल्लेख गर्दै उनले नेपाल टेलिकमलाई अन्य सेवा भन्दम प्रभावकारी बनाउन निर्देश गरे।
उनले वर्षदिनभित्र नेपाल टेलिकम र विद्युत प्राधिकरणमा निजी क्षेत्रकाे शेयर बढाइने जानकारी गराए।