मधेशका भएभरका पार्टी एक ठाउँमा, मोर्चा कस्न को-को कस्सिए ?

बिहीबार, माघ १७, २०८१

मोर्चाबन्दीको तयारीमा रहेका मधेस केन्द्रित ८ राजनीतिक दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हलमा बैठक सुरु भएको हो।

बैठकमा जसमा जसपा नेपाल, जसपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतीशील पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टीका नेताहरु उपस्थित छन्। 

जसपा नेपालका नेता मनिष सुमनका अनुसार ८ पार्टीको मोर्चा बनाउनेबारे आजको बैठकमा पनि छलफल हुनेछ। सरकारले संविधान संशोधनको चर्चा गरेसँगै मधेस केन्द्रित दलहरु पुरानो मधेसी मोर्चा ब्युँताउने प्रयासमा छन्। 

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १५:०२
प्रतिक्रिया दिनुहोस्