सोसल मिडिया
युनिकोड
समाजवादी मोर्चाले आगामी माघ २४ गते काठमाडौंमा विरोधसभा आयोजना गर्ने भएको छ ।
नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालय आलोकनगरमा बुधबार बसेको मोर्चाको बैठकले विरोधसभा आयोजना गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।
साथै, चैतको पहिलो हप्तासम्मा मधेसमा जनसभा आयोजना गर्ने निर्णय पनि भएको छ । र, देशैभर मोर्चाको सङ्गठन विस्तार गर्ने निर्णय बैठकले गरेको ती नेताले जानकारी दिए ।