ओलीलाई गगनको छेडखानी, प्रधानमन्त्री बन्न लाग्यो काउकुती

आइतबार, माघ १३, २०८१

नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले आफूसँग अहिलेका प्रधानमन्त्रीभन्दा राम्रो काम गर्नसक्ने भिजन रहेको बताएका छन् ।

भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आजै प्रधानमन्त्रीमा नियुक्ति गरे पनि अहिलेको भन्दा राम्रो काम गरेर देखाउने उनको दाबी छ ।

थापाले भने, ‘म अहिलेको प्रधानमन्त्री वा हुनेवाला प्रधानमन्त्री वा अस्ति भर्खर हुनुभएको प्रधानमन्त्रीभन्दा हामी राम्रो प्रधानमन्त्री चलाउन सक्छौँ भन्नकुरा म अहिले पनि विश्वास गर्दछु । आजको प्रधानमन्त्रीको ठाउँमा आजै बेलुका गएर हामीमध्ये कसैलाई प्रधानमन्त्री बनाउने हो भने अहिले चलाएको भन्दा राम्रो चलाउँछौँ । यति कुरा दाबाका साथ भन्न सक्छु ।’
 

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १६:२०
प्रतिक्रिया दिनुहोस्