सोसल मिडिया
युनिकोड
आगामी शुक्रबारबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ । बैठक तयारीका लागि सभामुख देवराज घिमिरेले आज आइतबार सत्तापक्षका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । सभामुख घिमिरेले हिउँदे अधिवेशन, विधेयक, सरकारको तयारीलगायत विषयमा सचेतकहरूसँग छलफल गरेका हुन् ।
आजको बैठकमा सरकारले ल्याउने विधेयकको तयारीबारे सभामुखले छलफल गरे । आगामी संसद् अधिवेशन प्रभावकारी बनाउन पहल गर्न पनि उनले सचेतकहरूलाई आग्रह गरे ।
माघ १८ गते दिउँसो १ बजेका लागि बोलाइएको पहिलो दिनको बैठकलाई प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने तय भएको छ ।