राजेन्द्र महतोको पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाव चिह्न ग्यास सिलिण्डर

मंगलबार, माघ ८, २०८१

राजेन्द्र महतोको अध्यक्षतामा राष्ट्रिय मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ ।

आयोगले मङ्गलबार दल दर्ता गरी त्यसको प्रमाणपत्र उपलब्ध गराएको हो । दल दर्ता नम्बर २०१ रहेको छ ।

साथै, पार्टीको चुनाव चिह्न ग्यास सिलिण्डर रहेको छ भने गाढा निलो रङ्गको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा रहनेछ ।

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १६:४१
प्रतिक्रिया दिनुहोस्