राष्ट्रपतिले जारी गरे भूमि व्यवस्थासम्बन्धी अध्यादेश

बुधबार, माघ २, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले भूमि व्यवस्थासम्बन्धी केही कानुन संशोधन गर्ने अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्ले यसअघि एकसाथ पाँचवटा अध्यादेश जारीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

तर, राष्ट्रपति पौडेलले सोमबार चारवटा मात्र अध्यादेश जारी गरी भूमिसम्बन्धी अध्यादेश रोकेका थिए । सो अध्यादेश राष्ट्रपतिले बुधबार जारी गरेका हुन् । 

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १७:३९
प्रतिक्रिया दिनुहोस्