पूर्वमन्त्री गुरुङको निधनका कारण कांग्रेस संसदीय दलको बैठक स्थगित

बिहीबार, वैशाख २७, २०८१

नेपाली कांग्रेसले २ बजेका लागि बोलाएको संसदीय दलको बैठक स्थगित गरिएको छ ।

पूर्व केन्द्रीय सदस्यसमेत रहेका पूर्वमन्त्री एवं संविधानसभा सदस्य सूर्यमान गुरुङको आज अन्त्येष्टि गरिने भएकाले बैठक भाेलि बिहानलाई सारिएको हो । गुरुङको दुई दिनअघि निधन भएको थियो । गुरुङ आजै २ बजे नै दाहसस्कार गरिने भएको छ। 

कांग्रेसले आज १ बजे संसदीय दल कार्यसमिति र २ बजे संसदीय दलको बैठक राखेको थियो । बैठक भोलि बिहान ८ बजे बानेश्वरस्थित संघीय संसद भवन ल्होत्से हलमा बस्ने बताईएको छ।

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  ११:०१
प्रतिक्रिया दिनुहोस्