‘र्‍यान्समवेयर अट्याक’का कारण नेप्से बन्द,  १७–१८ वटा सरकारी निकायका रेकर्ड के हुन्छ ?

सोमबार, असोज ५, २०८३

नेपाल स्टक एक्सेन्ज (नेप्से) को कारोबार बन्द हुने भएको छ । नेप्सेकाे साइटमा आएकाे प्राविधिक समस्याले बन्द हुने सम्भावना भएकाे हाे ।

नेप्सेका स्रोत अनुसार डाटा हबमा हिजोदेखि ‘र्‍यान्समवेयर अट्याक’ भएकाले टीएमएस सञ्चालन गर्न सकिएको छैन । यसका कारण ७२ वटा टीएमएस प्रयोग गर्ने ब्रोकरहरूको कारोबार प्रणाली सञ्चालनमा ल्याउन नसकिने जनाइएको छ ।

तर, १२ वटा ब्रोकरको आफ्नै टीएमएस भएकाले उनीहरूले भने कारोबार सञ्चालन गर्न सक्ने बताइएको छ । यद्यपि, विशेष परिस्थितिका कारण आजको बजार कारोबार रोक्ने विषयमा नेप्सेले तयारी गरेको छ ।

डाटा हबमा नेप्सेबाहेक अन्य १७–१८ वटा सरकारी निकायका रेकर्डहरू पनि रहेको बताइएको छ । 

प्रकाशित मिति: सोमबार, असोज ५, २०८३  ११:२४
प्रतिक्रिया दिनुहोस्