सोसल मिडिया
युनिकोड
आफ्नै पार्टीका कार्यकर्ताले ठाडो उजुरीदिए पछि नेकपा (एमाले) का केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन् ।
प्रहरी वृत्त महाराजगन्जमा चेक अनादरसम्बन्धी कसुरमा जाहेरी परेपछि उनलाई सोमबार पक्राउ गरिएको हो ।
लेनदेनको विषयलाई लिएर जाहेरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । उनीविरूद्ध एमालेकै पुष्पराज पहराईले जाहेरी दिएका थिए । मल्ल अखिलका पूर्व अध्यक्ष समेत हुन्।